सडक काटेर फुटपाथ फराकिलाे बनाउने बालेनको कदमविरुद्ध उत्रिए न्यूरोडबासी
प्रकाशित मिति
२०८१ जेष्ठ १४ गते, सोमबार ०१:१३

जेठ १४, २०८१ काठमाडौँ: न्यूरोड क्षेत्रको सडक काटेर फुटपाथ फराकिलो बनाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्णयविरुद्ध आन्दोलन सुरु भएको छ । यही शनिबार न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकको दुवैतर्फ १ मिटर ४० सेन्टिमिटरदेखि २ मिटर ४० सेन्टिमिरटसम्म काटेर फुटपाथ बढाउन लागिएको थियो ।
तीन लेनको उक्त सडक बिनाप्राविधिक जाँच काटिएपछि सडक डिभिजन कार्यालय काठमाडौंले डोजरसहितका मेशिन नियन्त्रणमा लिएको थियो । सडक विभागको उक्त कदमले आक्रोशित मेयर साहको निर्देशनमा सडक विभाग र डिभिजन कार्यालय काठमाडौंमा धुलो पोखिएको थियो ।
तर अब मेयर साहको उक्त कदम अनुचित भएको भन्दै न्यूरोडबासीले सोमबार प्रदर्शन गरेका छन् । उनीहरूले न्यूरोड गेटबाट भित्रतर्फ मानव साङ्लो बनाएर कालो ब्यानरहसित महानगरविरुद्ध प्रदर्शन गरेका हुन् । नयाँ सडकलाई साँघुरो बनाउने महानगरपालिकाको योजनाको विरोधमा स्थानीयबासीले मानव साङ्लो बनाएर सांकेतिक प्रदर्शन गर्दा यातायातसमेत सामान्य प्रभावित भयो ।
प्रतिकृया