• ५ साउन २०८३, मंगलबार
  • ८:३७ बिहान

बालेनले ‘धुलो उपहार’ पठाएपछि सडक डिभिजन भन्छ- अराजक व्यवहार भयो, प्रतिकार हुन्छ

प्रकाशित मिति

२०८१ जेष्ठ १३ गते, आईतवार ०८:१५

जेठ १३, २०८१ काठमाडौँ: काठमाडौं महानगरपालिकाले शनिबार सडक विभाग अन्तर्गतको सडक डिभिजन काठमाडौंको गेटमा फोहोर थुपारेपछि सडक त्यसको वादप्रतिवादमा उत्रिएको छ।

महानगरले अगाडि बढाएको काममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको ‘ठाडो आदेश’मा काम रोकिएकाको शनिबार साँझ महानगरले त्यहाँ एक ट्रक फोहोर पठाएको थियो।

Kamana Sewa

महानगर प्रमुख बालेन्द्र शाह(बालेन)को निर्देशनमा भएको उक्त कदम ‘अराजक’ भएकोसमेत सडक डिभिजन काठमाडौंले विज्ञप्तिमार्फत् टिप्पणी गरेको छ।

Classic Tech Desktop

सडक डिभिजन काठमाडौंले शनिबार राति एक विज्ञप्ति जारी गर्दै विभागको अनुमतिबिना सडकको चौडाइ घटाउने काम गरेको र त्यसमा रोक लगाउँदा विषयान्तर गरेर रिङरोडको विषयलाई जोडेको डिभिजन कार्यालयले स्पष्टीकरण दिएको छ।

डिभिजन काठमाडौंले विवादको चुरो ‘रिङरोड’ नभई न्युरोड क्षेत्रको बाटो भएको समेत उक्त विज्ञप्तिमा जनाएको छ।

न्युरोड क्षेत्रमा मोटर गुड्ने पिच बाटो घटाएर पैदलयात्रीका फुटपाथ बनाउन भन्दै महानगरले शनिबार दिउँसो १२ बजे सडक काट्न सुरु गरेको थियो। सडक काटेर स्टान्डर्ड चौडाइ घटाउन नपाउने भन्दै सडक डिभिजनले रोक लगाएपछि महानगर आक्रोशित बनेको हो।

यसअघि, शुक्रबारमात्रै डिभिजन काठमाडौंका प्रमुख र महानगर प्रमुखबीच आपसी सहकार्य गर्ने विषयमा छलफल भएको जनाउँदै
कार्यालयले आफ्नो अधिकारक्षेत्रभित्र नपर्ने विषयलाई लिएर अराजक गतिविधि गरे प्रतिवादमा उत्रिने चेतावनीसमेत दिएको छ।

यता, मन्त्री महासेठको ठाडो आदेशमा काम रोकिएकाले ‘धुलो उपहार पठाएको’ महानगर प्रमुख शाहले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए।

प्रतिकृया