बेलायतको संसद भंग, आगामी जुलाईमा आम निर्वाचनको घोषणा
प्रकाशित मिति
२०८१ जेष्ठ १० गते, बिहीबार ०९:५१

जेठ १०, २०८१ काठमाडौँ: बेलायतको संसद विघटन गरिएको छ । प्रधानमन्त्री ऋषि सुनकले सिफारिश गरेको संसद भंगको प्रस्ताव राजा चाल्र्स तृतीयले स्वीकृत गरेसँगै संसद भंग भएको हो । संसद भंग भएसँगै बेलायतमा अर्ली इलेक्सन हुने भएको छ ।
प्रधानमन्त्री सुनकले आगामी जुलाई ४ मा आमनिर्वाचन गर्ने घोषणा गरेका छन् । सत्तारुढ कन्जरभेटिभ्स पार्टीका सांसदले प्रधानमन्त्री सुनकलाई हटाउन खोजेपछि प्रधानमन्त्री सुनकले अर्ली इलेक्सनमा जाने निर्णय लिएका हुन् ।
आउँदो वर्षको जनवरीतिर आम निर्वाचन हुने अवस्थामा प्रधानमन्त्री सुनकले ७ महिना अगावै निर्वाचन मिति घोषणा गरेका हुन् ।
उनले निर्वाचनका कारण मुलुकको अर्थतन्त्रमा कुनै समस्या नरहने बताएका छन् । सुनक(Rishi Sunak) ले कन्जरभेटिभ सरकारले राष्ट्रिय स्वास्थ सेवामा खर्च वृद्धि र शिक्षामा प्रगति हासिल गरेकोमा गर्व गरेका छन् ।
विपक्षी दल लेबरका नेता केयर स्टारमरले प्रधानमन्त्रीको चुनावको घोषणाले देशमा झन् राम्रो परिवर्तनका लागि अवसर प्राप्त भएको प्रतिक्रिया दिएका छन् ।
बेलायतमा सदा झै बिहिबार हुदै आएको आम निर्वाचन यस पटक पनि बिहिबार नै हुने भएको छ ।
प्रतिकृया