• ११ असोज २०८३, आइतबार
  • ५ः३४ बेलुका

कांग्रेसको अहिलेको गतिविधिको नतिजा आगामी चुनावमा देखिन्छ : प्रधानमन्त्री

प्रकाशित मिति

२०८१ जेष्ठ ७ गते, सोमबार ०३:०५

जेठ ७, २०८१ काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अहिलेको क्रियाकलापको नतिजा आगामी चुनावमा देखिने टिप्पणी गरेका छन् ।

National Life

आफ्नो तेस्रो कार्यकालको १६ महिनाभित्र सोमबार चौथो पटक प्रतिनिधिसभामा विश्वासको मत लिएपछि संसद् भवन परिसरमा पत्रकाहरूले सोधेका थिए, ‘कांग्रेसले कस्तो मूल्य चूकाउनुपर्ने हो ?’

त्यसको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यो कुराको नतिजा आगामी चुनावमा देखिने बताएका छन् । पटक पटक विश्वासको मत लिने अवस्थाबारे प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालमा मात्रै नभइ विश्वमा पनि यस्तो घटनाक्रम रहेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले विश्वका कयौँ देशमा पटक पटक विश्वासको मत लिनुपर्ने घटना भएको भन्दै जरुरी परे १०–१२ वटा विश्वासको मत लिने जिकिर पनि गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार चौथौपटक विश्वासको मत प्राप्त गरेका छन् । उनले १५७ मतसहित आफू नेतृत्वको सरकारको सुरक्षा गर्न सफल भएका छन् ।

प्रतिकृया