• 12:21 pm

कार्यदल अनिश्चित बन्यो, कांग्रेस र रास्वपाको संसदीय दल बस्दै

प्रकाशित मिति

२०८१ जेष्ठ ७ गते, सोमबार १०:२२

जेठ ७, २०८१ काठमाडौँ: कानुनमन्त्री पदम गिरी नेतृत्वमा रहेको कार्यदलको बैठक अनिश्चित बनेको छ । गृहमन्त्री रवि लामिछानेको सम्बोधनलगत्तै बस्ने भनिएको बैठक थप अनिश्चित बनेको हो ।

आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी भएको हुनाले त्यसअघि आआफ्नो रणनीति तय गर्न कांग्रेस र रास्वपाको संसदीय दलको बैठक बस्न लागेको छ । कार्यदलमा सहमति हुन नसकेका विषय पनि दलको बैठकमा छलफल हुन सक्ने र कार्यदल सदस्यले जानकारी गराउने तयारी भएको बताइएको छ ।

प्रतिकृया