• ८ असोज २०८३, बिहीबार
  • १०ः५८ राती

जनमत पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासकाे मत दिने

प्रकाशित मिति

२०८१ जेष्ठ ७ गते, सोमबार १०:३४

जेठ ७, २०८१ काठमाडौँ: सिके राउत नेतृत्वकाे जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । साेमबार बिहान बसेकाे पार्टीकाे बैठकले विश्वासकाे मत दिने निर्णय गरेकाे हाे ।

National Life

जनमतका नेता विपी शाहले पार्टी औपचारिक निर्णयकाे प्रक्रियामा रहेकाे जानकारी दिए । जनमत पार्टीका ६ जना सांसद छन् ।

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदैछन्। वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी(जसपा), नेपाल सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने सवैधानिक व्यवस्था छ।

उक्त विश्वासको मतसम्बन्धी पेश भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन पर्ने व्यवस्था छ।

प्रतिकृया