• 11:33 am

इरानका राष्ट्रपति सवार हेलिकोप्टर जलेको अवस्थामा फेला, सबैको मृत्यु भएको आशंका

प्रकाशित मिति

२०८१ जेष्ठ ७ गते, सोमबार १०:१६

जेठ ७, २०८१ तेहरान : इरानको राष्ट्रिय टीभीले त्यहाँका राष्ट्रपति इब्राहिम रहिसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिन सवार हेलिकोप्टर दुर्घटना हुँदा कोही पनि जीवित रहेको संकेत नपाइएको जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले पनि होलिकोप्टर पूर्ण रूपमा जलेको पाइएको उल्लेख गरेको छ ।

अधिकारीहरूले राष्ट्रपति सवार हेलिकोप्टर पूर्ण रूपमा जलेको पाइएको र यात्रीको मृत्यु भएको आशंका गरिएको जनाएका छन् । बीबीसीबाट

प्रतिकृया