• 4:58 pm

राष्ट्र बैंकले २४ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

प्रकाशित मिति

२०८१ बैशाख २४ गते, सोमबार ०९:४९

वैशाख २४, २०८१ काठमाडौँ: नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २४ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । थ्बैंकले एक सूचना जारी गर्दै विभिन्न सर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थामा कोषको २४ करोड रुपैयाँ रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको हो । सूचना अनुसार राष्ट्र बैंकले यसमध्ये क वर्गका वाणिज्य बैंकमा १९ करोड २० लाख, विकास बैंकहरुमा ३ करोड ६० लाख रुपैयाँ र वित्त कम्पनीहरुमा १ करोड २० लाख रुपैयाँ गरी कुल २४ करोड रुपैयाँ राख्न लागेको हो ।

राष्ट्र बैंकले २०८१ जेठ ४ गतेदेखि २०८२ जेठ ४ गतेसम्म ३६६ दिनका लागि मुद्दतिमा उक्त रकम राख्नेछ । निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएको, कर्जा निक्षेप अनुपात निर्धारित सीमा भित्र रहेको, न्यूनतम पूँजीकोष अनुपात कायम रहेको लगायतका सर्त पुगेका बैंक तथा वित्तीय संस्थाले प्रस्तावित ब्याजदर र मुद्दतिमा लिन चाहेको रकम उल्लेख गरी आवेदन दिन सक्नेछन् ।

प्रतिकृया