• ६ असोज २०८३, मंगलबार
  • १ः५८ दिउँसो

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

प्रकाशित मिति

२०८१ बैशाख १३ गते, बिहीबार ०९:२०

वैशाख १३, २०८१ काठमाडौँ: एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृवको सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार रहेको बताएका छन् ।

National Life

हिजो साँझ अर्थमन्त्री वर्षमान पुनसँग आगामी बजेटका बारेमा भएको छलफल कार्यक्रममा उनले राजनीतिक अस्थिरता चाहनेहरुले फैलाएको हल्लाको पछि नलाग्न आग्रह गरे ।

बजेट निर्माण गर्दै गरेको अर्थमन्त्रीलाई अस्थिरताको त्रास देखाएर तर्साउन खोज्ने विगतदेखिकै प्रवृत्ति भएको पौडेलको भनाइ थियो । उनले हल्लाहरुको बेवास्ता गर्दै बजेट निर्माणमा लाग्न अर्थमन्त्रीलाई सुझाव दिए । पौडेलले संसदमा कुनै दलको एकल बहुमत नहरेको भन्दै कसैले चाहँदैमा सरकार नढल्ने बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

‘सरकार अस्थिर छ भन्ने हल्ला चलाएर बजेट बनाउँदै गरेको अर्थमन्त्रीको मनोविज्ञानमा ‘देखा जाएगा’ भन्ने सोच उत्पन्न गराउन केही मानिसहरुले हल्ला चलाएर दबाब सिर्जना गर्ने प्रवृत्ति विगतदेखिकै हो’, पौडेलले भने, ‘संसदमा कसैको पनि एकल बहुमत छैन । यो सरकार अस्थिर छ भन्ने खालको जसरी प्रचार भइरहेको छ । त्यो प्रचारबाट प्रभावित हुनुपर्ने कुनै कारण म देख्दिन । ढुक्क भएर बजेट निर्माणको काममा लाग्न अर्थमन्त्रीज्यूलाई मेरो आग्रह छ ।’

प्रतिकृया