• ६ असोज २०८३, मंगलबार
  • १२ः४५ दिउँसो

भद्रपुरको दुर्घटनामा एक महिलाको मृत्यु, दुर्घटनामा परी एकैदिन ५ जनाले ज्यान गुमाए

प्रकाशित मिति

२०८१ बैशाख १३ गते, बिहीबार ०९:१५

वैशाख १३, २०८१ झापा : गएराति झापाको भद्रपुरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। योसँगै बुधबार एकै दिन झापामा सवारी दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन्।

National Life

राति ८ बजेको समयमा भद्रपुर नगरपालिका वडा नं. ८ नमुना टोलस्थित चन्द्रगढी– भद्रपुर भित्री सडकखण्डमा भद्रपुरबाट चन्द्रगढीतर्फ आउँदै गरेको मे ४ प ४८९६ नम्बरको मोटरसाइकलले पैदलयात्री नाम थर वतन नखुलेको मागिखाइ हिँड्ने वर्ष अन्दाजी ८० वर्षकी वृद्धा महिलालाई ठक्कर दिएको थियो।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी वृद्धालाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। उपचारका क्रममा राति ९ बजे ती वृद्धाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

दुर्घटनापछि मोटरसाइकल र मोटरसाइकल चालक भद्रपुर नगरपालिका ८ बस्ने ४९ वर्षीय विशन मोतेलाई जिल्ला प्रहरी कार्यालय, झापाले नियन्त्रणमा लिएको छ।

प्रतिकृया