• 7:19 am

प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि आजै स्वदेश फर्किंदै कतारका अमिर

प्रकाशित मिति

२०८१ बैशाख १२ गते, बुधबार ०७:४३

वैशाख १२, २०८१ काठमाडौँ: नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज द्विपक्षीय वार्ता हुने भएको छ ।

दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका उनले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् । वार्तापछि दुवै द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजै स्वदेश फर्कने छन् ।

यसअघि हिजो अमिरले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेट गरेका थिए । राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा राजकीय भोजको आयोजना गरेका थिए ।

प्रतिकृया