• ६ असोज २०८३, मंगलबार
  • १२ः४५ दिउँसो

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

प्रकाशित मिति

२०८१ बैशाख ८ गते, शनिबार ०९:०३

वैशाख ८, २०८१ काठमाडौँ: नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि सुरु हुँदैछ। आज र भोलि गरि दुई दिन चल्ने बैठकमा एमालेका झण्डै २५ सय नेता कार्यकर्ता सहभागी हुने तयारी छ। बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा बस्नेछ।

National Life

पार्टी कार्यालय च्यासलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव शङ्कर पोखरेलले परिषद् बैठकको औचित्यबारे जानकारी गराउँदै समग्र कामको समीक्षा र आगामी कामको दिशानिर्देश गर्ने बताएका छन्।

आगामी दिनमा पार्टीलाई विकसित एमालेका रूपमा अघि बढाउन स्पष्ट मार्गनिर्देश गर्नका साथै राष्ट्रिय राजनीतिलाई पनि सही दिशामा अघि बढाउन परिषद् बैठक महत्वपूर्ण हुने एमालेले विश्वास लिएको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकमा बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने तय भएको छ।

केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन्। ती सबै दस्ताबेज सहभागीहरूले अध्ययन गर्न पाउनेछन्।

बैठकमा एमालेले २०८० मा चलाएको मिसन ग्रासरुट र झुलाघाट चिवाभन्ज्याङ संकल्पयात्राको पनि समीक्षा हुने अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

प्रतिकृया