• १२ असोज २०८३, सोमबार
  • २ः५१ राती

अवैध लागु औषध खैरो हेरोईन २३२ ग्राम तथा नियन्त्रित लागु औषध नाईट्रोभेट ७४९ ट्याब्लेट सहित २ जना मानिस पक्राउ

प्रकाशित मिति

२०८१ बैशाख ६ गते, बिहीबार ०४:३३

वैशाख ६, २०८१ काठमाडौँ: हालै लागु औषध नियन्त्रण व्यूरो द्वारा संचालित तिब्र प्रहरी कार्वाहीको क्रममा निम्नानुसारको अवैध लागु औषध कारोवार गर्ने व्यक्तिहरुलाई पक्राउ गरी निजहरु उपर लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम सम्बन्धित सम्मानित जिल्ला अदालतबाट लागु औषध मुद्धामा म्याद थप गरी थप अनुसन्धान भई रहेको व्युरोले जनाएको छ ।

National Life
  • काठमाण्डौ उपत्यकालाई केन्द्रबिन्दु बनाई लागु औषध खैरो हेरोईन कारोवारमा संलग्न ब्यक्तिलाई लामो समयको निग्रानी पश्‍चात यस लागु औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०१।०३ गते जिल्ला ललितपुर, ल.म.न.पा.१४ बिशालाचोकबाट जिल्ला पाँचथर, फालेलुङ गा.पा. वडा नं. ५ बस्ने बर्ष ३५ को राजु थाम्सुहाङलाई लागु औषध खैरो हेरोईन २३२ ग्राम, नगद रु। १ लाख ८० हजार र डिजिटल तराजु १ थान सहित पक्राउ गरी यस व्यूरोबाट थप अनुसन्धान भई रहेको ।
  • मिति २०८१।०१।०३ गते लागु औषध नियन्त्रण व्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाण्डौ, गोकर्णेश्‍वर न।पा। ५ जोरपाटीबाट जि।रामेछाप, उमाकुण्ड गा.पा. ७ बस्ने बर्ष २१ को दिनेश सुनुवारलाई नियन्त्रित लागु औषध मनोद्दिपक पदार्थ नाईट्रोभेट ७४९ ट्याब्लेट सहित पक्राउ गरी थप अनुसन्धान भई रहेको ।

प्रतिकृया