• ८ असोज २०८३, बिहीबार
  • १२ः१५ राती

शिवम् सिमेन्टले रच्यो इतिहास : १३,३१,००,००० बोरा विक्रि गर्दै शिवम् नेपालकै सर्वाधिक विक्रि हुने ओ.पि.सि. सिमेन्ट बन्न सफल

प्रकाशित मिति

२०८१ बैशाख ३ गते, सोमबार ०१:४७

वैशाख ३, २०८१ काठमाडौँ: शिवम् सिमेन्टले नेपाली सिमेन्ट जगतमै इतिहास रच्दै सर्वाधिक १३.३१ करोड बोरा ओ.पि.सी. सिमेन्ट विक्री गर्न सफल भएको छ । अत्याधुनिक प्रविधि र दशकौँको अनुभवका साथ आफ्नै खानीको चुन ढुंगाबाट निर्मित उच्च गुणस्तरीय O.P.C. सिमेन्ट उत्पादन गर्दै आफ्ना ग्राहक उपभोक्ताको विश्वास र भरोसा जित्न सफल शिवम् सिमेन्ट सर्वसाधारणको लागि सेयर जारी गर्ने नेपालको पहिलो सिमेन्ट कम्पनी हो । शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडमा ओ.पि.सि. सिमेन्ट उत्पादन गर्दै आएको छ । शिवम् सिमेन्ट NS Quality Award -2019 प्रथमबाट सम्मानित नेपालकै पहिलो सिमेन्ट कम्पनी पनि हो ।
नयाँ वर्ष २०८१ का अवसरमा कम्पनीले आफ्ना सम्पूर्ण नेपाली दाजु-भाई र दिदी-बहिनीका साथ साथै उपभोक्तावर्ग, विक्रेतावर्ग, सेयरधनी महानुभावहरु, नियामक निकाय तथा शुभचिन्तकहरुमा शुभकामना सन्देश जारी गर्दै कम्पनीको प्रगति र सफलताको हरेक कदममा पाएको अटुट साथ, सहयोग र भरोसाका निम्ति कृतज्ञता ज्ञापन गरेको छ। साथै आगामी दिनमा निरन्तर गुणस्तरीय उत्पादन मार्फत यस सम्बन्धलाई थप उचाई तर्फ लैजाने प्रतिबद्धता समेत कम्पनीले जनाएको छ ।

National Life

सन् २००३ मा मध्य नेपालको हेटौडा, मकवानपुरमा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय उच्च गुणस्तरीय चुनढुङ्गाको प्रयोग गरी दैनिक ३००० टन ओ.पि.सि. सिमेन्ट उत्पादन गर्दै आएको छ।
शिवम् सिमेन्ट ओ.पि.सि मात्र उत्पादन गर्ने नेपालकै अग्रेणी सिमेन्ट कम्पनी हो । स्थापनाकालदेखि नै निरन्तर गुणस्तरीय ओ.पि.सि. सिमेन्ट मात्र उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको शिवम् गुणस्तरकै कारण लाखौं ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको छ । व्यक्तिगत, व्यवसायिक तथा राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरुका अनेकौं संरचना निर्माणमा शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका प्रस्तुत गर्दै आइरहेको छ ।

“भरोसा अटुट सम्बन्धको”, “Quality को मामलामा No Compromise”, “गुणस्तरको पहिचान हो शिवम्” तथा “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा ISI, URS प्रमाणित ISO Certificate प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।

प्रतिकृया