• ११ असोज २०८३, आइतबार
  • ४ः०८ बेलुका

नयाँ वर्षका दिन उत्सवमय चहलपहल

प्रकाशित मिति

२०८१ बैशाख १ गते, शनिबार ०६:०९

वैशाख १, २०८१ काठमाडौँ: नयाँ वर्षको पहिलो दिन शनिबार मुलुकको राजधानी काठमाडौंलगायत विभिन्न स्थानमा उत्सवमय वातावरण देखिएको छ ।

National Life

शनिबार र सार्वजनिक बिदा समेत भएकाले सर्वसाधारण धार्मिक तथा पर्यटकीयस्थलमा घुमफिर, रमाइलो गर्ने, मिठामिठा परिकार खाने, इष्टमित्र भेटेर रमाइरहेका छन् ।

नेपाली पात्रोअनुसार हरेक वैशाख १ गते प्रारम्भ हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा लिइन्छ । वसन्त ऋतुको मौसम घुमफिरका निम्ति अनुकूल भएकाले आन्तरिक पर्यटनमा टेवा मिलेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पोखरा, लुम्बिनी, इलाम, मुक्तिनाथ, राराताल, शैलेश्वरीलगायत धार्मिक र पर्यटकीय क्षेत्रमा चहलपहल बढेको जिल्लास्थित समाचारदाताले जनाएका छन् ।

शनिबार बिहानैदेखि घरघरमा पूजाआजासहित आराध्यदेव पशुपतिनाथ मन्दिरलगायत देवस्थलमा घुइँचो देखिएको छ । भृकुटीमण्डप खेल उद्यान र विभिन्न उद्यान, सपिङ मल र रेस्टुराँमा चहलपहल बढेको छ । आजैदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४सै खुला हुने घोषणाका कारण त्यस क्षेत्रमा उत्साह छाएको छ ।

नयाँ शैक्षिकसत्र सुरु हुन बाँकी रहेकाले परिवारसहित घुमफिर गर्ने धेरै देखिएका छन् । नयाँ वर्षका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायतले स्वदेश र विदेशमा रहेका नेपालीलाई सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

प्रतिकृया