• 7:03 pm

अमेरिकामा आज सूर्यग्रहण, यी स्थानमा हुँदै छ ‘अन्धकार’

प्रकाशित मिति

२०८० चैत्र २६ गते, सोमबार १०:४६

चैत्र २६, २०८० काठमाडौँ: अमेरिकाका १५ राज्यका केही स्थानमा आज (अप्रिल ८) एकछिन ‘अन्धकार’ हुने भएको छ । चन्द्रमाको छाया परेर ती स्थानमा पूर्ण सूर्यग्रहण देखिने भएको हो ।

चन्द्रमाको छाया परेर अन्धकार हुने यो अवस्था मेक्सिकोबाट सुरु भएर क्यानडासम्मको उत्तरपूर्वी दिशामा केही घण्टासम्म रहनेछ । ठ्याक्कै चन्द्रमाको छाया परेर अन्धकार हुने भागलाई ‘समग्रता’मार्ग भनिएको छ । ती स्थानमा बस्ने करिब चार करोड ४० लाख मानिसले पूर्ण सूर्यग्रहण अर्थात् केही बेरको अन्धकार देख्नेछन् ।

प्रतिकृया