उपनिर्वाचन : उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
प्रकाशित मिति
२०८० चैत्र २५ गते, आईतवार ०८:२४
चैत्र २४, २०८० काठमाडौँ: उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने र ३ बजेपछि २६ गते बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिकामा उल्लेख छ । त्यसअघि शनिबार उपनिर्वाचन हुने इलाम–२ मा २० जना र बझाङ १ (क)मा १२ जनाले उमेदवारी दर्ता गराएका छन् ।
२६ गते बेलुका उमेदवारको नामावली प्रकाशन गर्ने, २७ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिइएको छ ।२७ गते दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।
२०८१ वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।
Related
Recent News
- छ जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
- आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने चेम्बरको तयारी
- गृह मन्त्रालयले दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियालाइ अघि बढाउँदै
- राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय
- भीम रावलले राखे नयाँ पार्टीको नाम
- काठमाडौँ महानगरलाई दुग्ध विकास संस्थानले एकैपटक तिर्यो ३१ वर्षको सम्पत्ति कर
- रास्वपाको कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई
- अहिलेको अध्यादेश प्रतिस्थापन गर्ने कानून बन्दा गैरआवासीय नेपालीलाई नेपालमा आवत–जावत तथा बसोबास गर्दा भिसा नचाहिने कानून बनाउँछौँ : गृहमन्त्री लेखक
- हमास युद्धविराम सम्झौतालाई इजरायलले अनुमोदन गर्दै
प्रतिकृया