• १४ जेष्ठ २०८१, सोमबार
  • 12:13 am

प्रतिनिधिसभाको बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

प्रकाशित मिति

१९ चैत्र २०८०, सोमबार ०८:१७

चैत्र १९, २०८० काठमाडौँ: संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिकृया