• ११ असोज २०८३, आइतबार
  • ११ः२५ राती

संवैधानिक परिषदको बैठक आज बस्दै

प्रकाशित मिति

२०८० चैत्र १८ गते, आईतवार ०८:४८

चैत्र १८, २०८० काठमाडौँ: संवैधानिक परिषदको बैठक आज बस्दैछ । परिषदका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ९ बजे बस्नेगरी बैठक आह्वान गरेका छन् ।

National Life

यसअघि चैत १२ गतेका लागि बैठक बोलाइए पनि सभामुख देवराज घिमिरे जेनेभा भ्रमणमा गएकोले बैठक आजका लागि सारिएको थियो । आजको बैठकमा रिक्त रहेका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने विषयमा छलफल गर्ने बताइएको छ ।

बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा परीक्षकको कार्यालय र निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस हुनसक्ने सम्भावना छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री दाहालले यस विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पटक पटक छलफल गरेका छन् ।

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्‌मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ।

प्रतिकृया