• ८ जेष्ठ २०८१, मंगलवार
  • 9:30 am

इलाममा परिवर्तनको घण्टी बजिसक्योः रवि लामिछाने

प्रकाशित मिति

१७ चैत्र २०८०, शनिबार १७:५७

चैत्र १७, २०८० काठमाडौँ: आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी घोषणा गरेको छ।

शनिबार इलामको चोक बजार लाँकुरी चौतारामा एक कार्यक्रमको आयोजना गरी उम्मेदवार मिलन लिम्बूको उम्मेदवारी सार्वजनिक गरिएको हो ।

पार्टी सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले, पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसहितका पार्टीका नेताहरू इलाम पुगेर उम्मेदवार सार्वजनिक गरे ।

कार्यक्रममा बोल्दै उपप्रधान एवं गृहमन्त्री तथा पार्टी सभापति लामिछानेले अब चाँडै नै विजयी जुलुसमा उभिने घोषणा गरे। उनले परिवर्तनको घण्टी बजिसकेको बताए। उनले इलामले परिवर्तन खोजेको बताए ।

प्रतिकृया