• ६ असोज २०८३, मंगलबार
  • ३ः३१ दिउँसो

जनज्योति माविका तत्कालीन अध्यक्ष र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति

२०८० चैत्र १६ गते, शुक्रबार ०३:४६

चैत्र १६, २०८० काठमाडौँ: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दाङको जनज्योति माध्यमिक विद्यालयका तत्कालीन लेखापाल र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

National Life

विद्यार्थीहरूबाट निजी स्राेत शिक्षकलाई तलब खुवाउने बहानामा विभिन्न शीर्षकमा चर्को शुल्क लिई अनियमितता गरेको आरोपमा उनीहरूविरूद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आरोप पत्रमा तत्कालीन लेखापाल चुडामणी पोख्रेल र व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष जगदिश चौधरीलाई प्रतिवादी बनाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

उनीहरूले दुई लाख बीस हजार अनियमितता गरेको आयोगले जनाएको छ । साथै, उनीहरूलाई सजाय र बिगो माग गरिएको छ ।

प्रतिकृया