• 9:36 pm

जनज्योति माविका तत्कालीन अध्यक्ष र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति

२०८० चैत्र १६ गते, शुक्रबार ०३:४६

चैत्र १६, २०८० काठमाडौँ: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दाङको जनज्योति माध्यमिक विद्यालयका तत्कालीन लेखापाल र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विद्यार्थीहरूबाट निजी स्राेत शिक्षकलाई तलब खुवाउने बहानामा विभिन्न शीर्षकमा चर्को शुल्क लिई अनियमितता गरेको आरोपमा उनीहरूविरूद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आरोप पत्रमा तत्कालीन लेखापाल चुडामणी पोख्रेल र व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष जगदिश चौधरीलाई प्रतिवादी बनाइएको छ ।

उनीहरूले दुई लाख बीस हजार अनियमितता गरेको आयोगले जनाएको छ । साथै, उनीहरूलाई सजाय र बिगो माग गरिएको छ ।

मिति-२०८०।१२।१६-चुडामणी-पोख्रेलसमेत

प्रतिकृया