• ६ असोज २०८३, मंगलबार
  • ९ः४७ बिहान

आयरल्याण्ड ‘ए’ले दियो नेपाल ‘ए’लाई २२३ रनको लक्ष्य, कमलले लिए ३ विकेट

प्रकाशित मिति

२०८० चैत्र १६ गते, शुक्रबार ०२:४७

चैत्र १६, २०८० काठमाडौँ: टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’लाई २२३ रनको लक्ष्य दिएको छ ।

National Life

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा आयरल्याण्ड ‘ए’ ले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा २२२ रन बनाएको हो ।

आयरल्याण्डका लागि पिटर मूरले सर्वाधिक ४९ रन बनाए। स्टिफन डोहेनी र केड कार्माइकलले ३८–३८ रन बनाए ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालका लागि भने कमल सिंह ऐरीले ३ विकेट लिए। उनले ४ ओभरमा ३९ खर्चेर ३ विकेट लिए। आरिफ शेख, र सागर ढकालले भने १–१ विकेट लिए ।

प्रतिकृया