• ८ जेष्ठ २०८१, मंगलवार
  • 10:55 am

सुनकोसीमा बेपत्ता बालबालिका खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

प्रकाशित मिति

१२ चैत्र २०८०, सोमबार १०:२०

चैत्र १२, २०८० काठमाडौँ: सुनकोसी नदीमा बेपत्ता बालबालिका खोज्न सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ । आइतबार होली खेल्ने क्रममा सुनकोसी नदीमा बेपत्ता भएका बालबालिका खोज्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको हो ।

आइतबार होली खेल्दै उदयपुरको त्रियुगा नगरपालिका–१४ ढाप्लाङस्थित सुनकोसी नदीमा पौडी खेल्न पुगेका तीनजना बालबालिका बेपत्ता भएका थिए ।

आइतबार साँझ अबेरसम्म सशस्त्र प्रहरी बल नं. ५ त्रियुगा गण उदयपुरबाट खोजतलास गरे पनि उनीहरूलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा नौजना गोताखोरसहितको टोली आज बिहान परिचालन गरिएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिकृया