• ४ साउन २०८३, सोमबार
  • ६:४१ बेलुका

मोरङको बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

प्रकाशित मिति

२०८० चैत्र ७ गते, बुधबार १०:२६

चैत ७, २०८० विराटनगर : मोरङको बेलबारी नगरपालिका १ शिशौलीमा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका छन् । आठ वर्षीय छोरा भने बांच्न सफल भएका छन् ।

प्रहरीका अनुसार शिशौलीमा पाँच वर्षदेखि निर्मला राईको घरमा डेरा गरी बस्ने ६० वर्षीय बमबहादुर लिम्बूले बुधबार बिहान श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

Kamana Sewa

श्रीमती ४५ वर्षीया गीता लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लिम्बू धारिलो हतियारले आफ्नो घाँटी रेट्दा गम्भीर घाइते भएका थिए । उपचारका लागि विराटनगर लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीको टोली पुगेको छ । लिम्बूका ८ वर्षीय छोरालाई भने छिमेकीले थाहा पाएर हल्ला गरेपछि छोरा भाग्न सफल भएका थिए ।

घरभेटी निर्मला राईले आफूहरुले हल्लाखल्ला गरेपछि छोरा भने ढोकाको चुकुल खोलेर भागेको बताइन् । लिम्बूले श्रीमतीमाथि शंका गर्ने र झैझगडा गरिरहने गरेको छिमेकीको भनाइ छ ।

प्रतिकृया