• १० असोज २०८३, शनिबार
  • ६ः२३ बेलुका

नयाँ समीकरण मेरो प्रधानमन्त्री पदको कारणले बनेको होइन : प्रधानमन्त्री

प्रकाशित मिति

२०८० चैत्र ६ गते, मंगलवार ०५:३०

चैत्र ६, २०८० काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा आफ्नो पदको कारणले नबनेको स्पष्ट पार्नुभएको छ ।

National Life

सरकारमा सहभागी पाँच राजनीतिक दलको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले समृद्धिको यात्रामा जानुपर्छ भन्ने उद्देश्यका साथ नयाँ समीकरण बनेको स्पष्ट पार्नुभयो ।

“जनतामा सुशासन र समृद्धिको आकांक्षालाई अझ तीब्रताका साथ एवं अझ गुणात्मक तवरले सम्बोधन गर्ने ऐतिहासिक आवश्यकतासँग यो समीकरण बनेको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नयाँ काम सुरु भएका छन्, जनताको आवाजलाई सम्बोधन गर्नेगरी काम गर्नुपर्छ ।”

Classic Tech Mobile
Classic Tech Desktop

उहाँले जनतामा नयाँ आशा जगाउने र राष्ट्रको बृहत्तर हितलाई केन्द्रमा राखेर नयाँ समीकरण बनेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री प्रचण्डले सबै मन्त्री, सचिव एवं कर्मचारीलाई पछिल्लो परिस्थितीअनुसार काम गर्न दिर्नेशन दिनुभयो ।

“जनतामा नयाँ आशा र भरोषा जगाउने कुराको कुनै विकल्प छैन,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यो सङ्कल्प र समीकरणबाट पनि जनतामा डेलिभर भएन, जनतामा आशा जगाउन सकिएन र विकासमा गति दिन सकिएन भने देश अप्ठ्योरोमा जाने खतरा छ, जनताको पक्षमा काम गर्नुहोला ।”

प्रतिकृया