• १४ असोज २०८३, बुधबार
  • १ः०५ राती

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै, के छन् एजेन्डा?

प्रकाशित मिति

२०८० चैत्र २ गते, शुक्रबार ०९:३६

चैत २, २०८० काठमाडौँ: संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।

National Life

बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको सम्पती शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ ।

यस्तै, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथी विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने र आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रश्ताव बाहेक) माथि छलफल जारी रहने कार्यसूची रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यता, सवा ११ बजे शुरु हुने राष्ट्रिय सभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने, अर्थमन्त्री वर्षमान पुनले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल जारी रहनेछ ।

प्रतिकृया