• ४ साउन २०८३, सोमबार
  • ६:५८ बेलुका

उदयपुर जीप दुर्घटना अपडेट: मृतक सबै आठ जनाको सनाखत

प्रकाशित मिति

२०८० चैत्र १ गते, बिहीबार ०४:३१

चैत १, २०८० भोजपुर : धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटनामा मृत्यु हुने सबै आठ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार को१ज २५९३ नम्बरको जीप आज ११ः३० बजेतिर उदयपुरको बेलका–७ बाखाकुवामा दुर्घटना भएको थियो । घटनास्थलमा ७ र उपचारको क्रममा एकको मृत्यु भएको हो ।

Kamana Sewa

घटनामा ९ जना घाइते भएका छन् ।

Classic Tech Desktop

मृत्यु हुनेमा हतुवागढी गाउँपालिका-२ का मान बहादुर बस्नेत (चालक), चन्द्रप्रकाश राई (हतुवागढी-२), रामकुमारी राई (हतुवागढी-५ ),पदमबहादुर थापा (बराहक्षेत्र-३), दिशान राई (हतुवागढी-२), इटहरीकी कमला अधिकारी र पर्वतमाया राई (हतुवागढी-२) छन् ।

साथै, हतुवागढी-५ का किसन राईको बीपी स्वास्थ्य प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ ।

यस्तै, घाइते हुनेहरुको पनि पहिचान खुलेको छ । घाइते हुनेमा विशेष पराजुली कानेपोखरी, सावित्रा राई, मिनु राई, शान्तिकला राई, सविना परियार, गायत्री थापा कटुवाल, सुशील परियार, कुलबुङ्ग राई, निकिता कटुवाल छन् ।

जीपमा १४ जना सवार थिए । ओरालो सडकमा क्षमताभन्दा बढी यात्रु भएकाले पनि दुर्घटनामा भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिकृया