• ९ असोज २०८३, शुक्रबार
  • ३ः५१ दिउँसो

विश्वप्रकाशको प्रश्न : प्रधानमन्त्री ज्यू विश्वासको मत नै नलिई प्रदेश प्रमुख बर्खास्त किन ?

प्रकाशित मिति

२०८० फाल्गुन ३० गते, बुधबार ०१:०५

फागुन ३०, २०८० काठमाडौँ: नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले कानुन नै नहेरी प्रदेश प्रमुख बर्खास्त गरेको बताएका छन्।

National Life

बुधबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस महामन्त्री समेत रहेका शर्माले विश्वासको मत नै नलिई प्रदेश प्रमुख बर्खास्त गर्नु आफ्नो बहादुरी पेस गर्न खोजेको बताए ।

उनले भने, ‘प्रधानमन्त्री ज्यू विश्वासको मत नै नलिई प्रदेश प्रमुख बर्खास्त गरेर बहादुरी पेस गर्न किन आपत्ति ?’ उनले देशमा विश्वासको खडेरी भएको समेत बताएका छन् । यसअघि प्रचण्ड सरकारले मधेश, गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई पदमुक्त गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

मधेशका हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशी पदमुक्त भएका थिए ।

प्रतिकृया