• ७ असोज २०८३, बुधबार
  • ११ः५९ राती

आज रातिबाट राष्ट्रियसभाका २० सांसदको पदावधि सकिँदै

प्रकाशित मिति

२०८० फाल्गुन २० गते, आईतवार ०८:४६

फागुन २०, २०८० काठमाडौँ: संघीय संसद अन्तर्गत राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदको पदावधि आज सकिँदै छ । राष्ट्रियसभा गठन भएपछि पहिलोपटक कार्यकाल निर्धारणका क्रममा छ वर्षे कार्यकाल निर्धारण भएका सांसदको पदावधि आज रातिबाट सकिन लागेको हो ।

National Life

राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ । आज पदावधि सकिन लागेकामा एमालेबाट ९, नेपाली कांग्रेसबाट ४, माओवादी केन्द्रबाट ३, एकीकृत समाजवादीबाट २, जसपाबाट १ र एकजना स्वतन्त्र सांसद रहेका छन् ।

आजबाट रिक्त हुने २० मध्ये १९ पदमा निर्वाचन भइसकेको छ । सो निर्वाचनबाट चुनिएका सांसदहरूको सोमबार शपथग्रहणको कार्यक्रम रहेको छ । बाँकी एक पदमा सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

को हुन् पदावधि सकिनेहरू ?
नेकपा एमाले : राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरव सुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार र रामचन्द्र राई र विमला राई पौड्याल ।

नेपाली कांग्रेस : रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देव ।

माओवादी केन्द्र : विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी ।

एकीकृत समाजवादी : नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा

जसपाबाट प्रमिलाकुमारी यादव तथा स्वतन्त्र सांसद खिमलाल देवकोटा रहेका छन् ।

प्रतिकृया