• ४ साउन २०८३, सोमबार
  • ६:४३ बेलुका

‘रंगेली’ ले प्रदर्शन अनुमति नपाउँदा आक्रोशित भए चलचित्रकर्मी

प्रकाशित मिति

२०८० फाल्गुन १८ गते, शुक्रबार ०५:३४

फागुन १८, २०८० काठमाडौँ: दयाहाङ राई स्टारर फिल्म ‘रंगेली’ लाई केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शन अनुमति दिन अस्विकार गरेको छ। रंगेली शीर्षकमा आपत्ति जनाउँदै सेन्सर बोर्डले सेन्सर गर्न रोकेको हो।

सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यले रिलिजपछि फिल्मको नाम विवादमा नपरोस् भनेर यस्तो कदम लिएको बताउँछन्। ‘यो फिल्म रंगेली नगरपालिकामा खिँचिएको रहेछ। जसकारण स्थानीय सरकारसँग सहमति भएको छ कि छैन भनेर पत्र मागेका हौँ। जसमा उहाँहरुको हित जोडिएको छ। किनकी केही फिल्ममाथि हाम्रो ठाउँलाई नराम्रो देखाइयो भनेर आरोप समेत लागेको थियो।’ सहमतिपत्र ल्याएपछि आफूहरुले सहजै रिलिज प्रमाणपत्र दिने समेत उनको भनाई छ।

Kamana Sewa

‘हामीले सेन्सर रोकेका छैनौँ। खाली छायाङ्कन भएको थलोको सहमति पत्र ल्याउन भनेका हौँ। उहाँहरुले सो पत्र ल्याउँदा हामी प्रमाणपत्र दिन तयार छौँ। पछि लफडा हुनुभन्दाअगाडि नै संवेदनशीलता देखाउनु राम्रो हो।’

Classic Tech Desktop

रंगेली सेन्सर पास नभएपछि चलचित्रकर्मीहरु सेन्सर बोर्डको विरोधमा उत्रिएका छन्। विभिन्न बहानामा फिल्ममाथि हस्तक्षेत्र गरेको भन्दै उनीहरु बोर्डको आलोचना गरिरहेका छन्।

कलाकार दीपकराज गिरीले फेसबुकमार्फत सेन्सरबोर्डप्रति आक्रोश पोखेका छन्। उनी लेख्छन्, ‘कश्मीर फाइल्स, उडता पन्जाव र दिल्ली बिल्ली। खै! भारतमा त ठाउँको नाममा टन्नै फिल्म बन्छ त यो रंगेली चाँहि किन सेन्सरमा परेछ। सेन्सरलेस सेन्सर बोर्ड।’

त्यसैगरि, फिल्म समीक्षक यज्ञश व्यङ्ग्य गर्दैँ लेख्छन्, ‘लौ, बहुदलीय पञ्चायतमा स्वागत छ ! हामी भन्दैछौं फिल्मको वर्गीकरण गर। उदार र लोकतान्त्रिक समाज सुहाउने गरी, जनतालाई नै छनोटको अधिकार देउ तर सरकारहरूलाई कसले बुझाइदिने !’

फिल्म निर्देशक मनोज पण्डितले पनि फिल्मकर्मीका लागि सेन्सर बोर्ड पाकेको पिलो बनेको प्रतिक्रिया दिए। अर्जुन सुवेदीको लेखन र निर्देशन रहेको फिल्ममा दयाहाङसहित मिरुना मगर र अर्पण थापा मुख्य भूमिकामा छन्।

प्रतिकृया