• १८ भदौ २०८३, बिहीबार
  • ३ः५५ दिउँसो

नारायणगढ–मुग्लिन सडक आजदेखि २४ सै घण्टा सञ्चालनमा आउने

प्रकाशित मिति

२०८० फाल्गुन १२ गते, शनिबार ०९:२७

फागुन १२, २०८० काठमाडौँ: नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण कार्यका लागि कडा चट्टानी पहाड फुटाउने काम अन्तिम चरणमा पुगेपछि सडक आइतबारदेखि २४ सै घण्टा खुला रहने भएको छ ।

चट्टानी पहाड फुटाउने काम अन्तिम चरणमा पुगेको जानकारी सडक डिभिजन भरतपुरले दिएको हो । हरेक दिन मध्यान्ह १२ देखि अपराह्न ४ बजेसम्म आवागमन बन्द हुँदै आएको सडक आइतवारदेखि २४ सै घण्टा खुला रहने नागढुंगा–मुग्लिन सडक योजना (पश्चिमखण्ड)का सूचना अधिकारी ई कृष्णप्रसाद आचार्यको भनाइ उद्धृत गर्दै सडक डिभिजन भरतपुरले जनाएको छ ।

Kamana Sewa

‘नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण कार्यका लागि कडा चट्टानी पहाड फुटाउने कार्य लगभग अन्तिम चरणमा पुगेको जानकारी गराउँदछौँ,’ आचार्यले भनेका छन्, ‘दिनको १२ देखि ४ बजेसम्म आवागमन बन्द हुँदै आएको सडक यही फागुन १३ गते आइतबारदेखि २४ सै घण्टा सडक आवागमन खुला रहने कुराको समेत जानकारी गराउदछौँ ।’

Classic Tech Desktop

प्रतिकृया