• १८ भदौ २०८३, बिहीबार
  • ३ः०७ दिउँसो

थापाथलीबाट हराएको बच्चा फेला, एक महिला पक्राउ

प्रकाशित मिति

२०८० फाल्गुन १२ गते, शनिबार ०९:३१

फागुन १२, २०८० काठमाडौँ: काठमाडौँका थापाथलीको परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार शिशुलाई काठमाडौँको काँडाघारीमा सकुशल फेला पारिएको हो। शिशु लिएर जाने महिला पनि पक्राउ परेको र थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए।

Kamana Sewa

हिजो दिउँसो प्रसूति गृहबाट २६ दिनको शिशु एक महिलाले लिएर गएकी थिइन्। सीसी टीभीमा कैद भएको दृश्यमा मास्क लगाएकी महिलाले शिशु लिएर हिँड्दै गरेको देखिएको थियो। शिशु चोरी भएको भन्दै काभ्रे घर भएकी एक महिलाले हिजो जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दिएका थिए।

Classic Tech Desktop

उजुरीकर्ता ओपीडी जाँचका लागि थापाथली अस्पताल पुगेका थिए। त्यसबेला ती महिलाले केहीबेर खेलाउने भनेर बोकेको र लगत्तै शिशुलाई लिएर फरार भएको पीडितको भनाइ छ।

प्रतिकृया