• ५ साउन २०८३, मंगलबार
  • ८:२० बिहान

१८ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन आग्रह

प्रकाशित मिति

२०८० फाल्गुन १० गते, बिहीबार ०१:२५

फागुन १०, २०८० काठमाडौँ: नेपाल प्रहरीले सम्पर्कविहीन रहेका १८ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना जारी गर्दै हाजिर हुन नआएका १८ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।

एक जना प्रहरी सहायक निरीक्षक, एक प्रहरी वरिष्ठ हवलदार, ३ जना प्रहरी सहायक हवलदार र १३ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेपछि प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशन गरेर उनीहरूलाई सम्पर्कमा आउन भनेको हो।

Kamana Sewa

आफूखुसी गैर हाजिर रहेको र खोजतलास गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको कार्यालयले जनाएको छ।

Classic Tech Desktop

सूचना प्रकाशित भएको सात दिनभित्र आफू गैर हाजिर रहनुको कारणसहित उपस्थित हुन भनेको छ । उपस्थित नभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने कार्यालयले जनाएको छ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचना :

प्रतिकृया