• ४ साउन २०८३, सोमबार
  • ६:५१ बेलुका

काँग्रेस सांसद केसीले भनेः संसद अवरोध गरेर सत्ता प्राप्ति गर्ने अभिलाषा नराख्नुस्

प्रकाशित मिति

२०८० फाल्गुन १० गते, बिहीबार ०३:२६

फागुन १०, २०८० काठमाडौँ: नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले संसद अवरोध गरेर सत्ता प्राप्ति गर्ने अभिलाषा नराख्न प्रतिपक्षी दलहरुलाई आग्रह गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिपक्ष संसद चलाउने मुडमा नरहेको जस्तो आफूलाई महशुस भएको बताउनु भयो । उहाँले संसदको काम कानून निर्माण गर्ने भएकाले कानून निर्माणमा जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘झट्ट हेर्दा प्रतिपक्ष संसद चलाउने मुडमा छैन । पटकपटक अवरोध गर्ने मुडमा छ । मलाई लाग्दछ, संसदको काम भनेको कानून निर्माण गर्ने हो । एक वर्षमा एउटा कानून निर्माण भयो । आम जनतामा असन्तोष छ । म प्रतिपक्षका साथीहरुलाई भन्न चाहन्छु, विवाद हुनसक्छ तर संसद अवरोध गरेर त्यहाँबाट सत्ता प्राप्त गर्छु भन्ने अभिलाषा नराख्नुहोला । संसदको कार्यतालिका ल्याएर संसद सञ्चालन गर्नेकुरा स्वागतयोग्य छ ।’

Kamana Sewa

सांसद केसीले संसदको कार्यतालिका ल्याएर संसद सञ्चालन गर्नेकुरा स्वागतयोग्य भएको बताउनु भयो ।

Classic Tech Desktop

प्रतिकृया