• ८ असोज २०८३, बिहीबार
  • ५ः५४ बेलुका

नामिबियाविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

प्रकाशित मिति

२०८० फाल्गुन ३ गते, बिहीबार ०९:३०

फागुन ३, २०८० काठमाडौँ: विश्वकप लिग-२ अन्तर्गत बिहीबारबाट सुरु हुन लागेको नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग पहिले ब्याटिङ गर्ने भएको छ।

National Life

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नामिबियाले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय गरेसँगै केहीबेरमा नेपालले पहिले ब्याटिङ सुरु गर्ने छ। नेपालको प्लेइङ ११ मा अनिल साहले स्थान बनाएका छन्।

यस्तो छ नेपालको प्लेइङ ११:

Classic Tech Mobile
Classic Tech Desktop

रोहित पौडेल, आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी

प्रतिकृया