• ४ साउन २०८३, सोमबार
  • ७:१२ बेलुका

अनन्तश्री ब्रह्माण्डीय महायज्ञको योग तथा खेलकुद प्रर्वद्धन सम्मेलनलाई यूवा तथा खेलकुद मन्त्रीले सम्बोधन गर्ने

प्रकाशित मिति

२०८० माघ २९ गते, सोमबार ०२:२८

माघ २९, २०८० काठमाडौँ: बागलुङ जिल्लाको पञ्चकोटमा सम्पन्न गरिने १५ दिवसीय अनन्तश्री ब्रहमाण्डीय महायज्ञ २०८० को योग खेलकुद प्रर्वद्धन सम्मेलन यूवा तथा खेलकुद मन्त्री माननीय डिग बहादुर लिम्बुले सम्बोधन गर्ने भएका छन् । योग खेलकुद प्रर्वद्धन सम्मेलन कार्यक्रममा प्रमुख उपस्थितिको लागि सो कार्यक्रमका संयोजक डाक्टर चिन्तामणी गौतम एवं सहसंयोजक नबराज काफ्ले सिंहदरबार स्थित यूवा तथा खेलकुद मन्त्रालय पुगी मन्त्री लिम्बुलाई आमन्त्रण गरेका हुन् ।

विश्व प्रसिद्ध मुुुक्तिक्षेत्रमा अवस्थित बागलुङ जिल्लाको पर्यटकिय सर्वसिद्धिधामको रुपमा परिचित पञ्चकोटमा सो सम्मेलन फागुन १६ गते तय गरिएको सो कार्यक्रमका संयोजक डा.चिन्तामणी गौतमले अवगत गराए ।

Kamana Sewa

संयोजक डा. गौतमले धार्मिक कार्यका माध्यामबाट सामाजिक रुपान्तरण गर्ने,प्रकृति,पर्यावरण र वातावरणको संरक्षण,श्रीनेपालका देवस्थल,तीर्थस्थल र धार्मिक पर्यटकीय स्थलहरुको व्यापक प्रचार प्रसार गर्दै पर्यटन प्रवद्र्धनको माध्यामबाट राष्टिय अर्थतन्त्रको विकासमा योगदान गर्ने,विश्वजलसम्पदा संरक्षणको प्रतीकस्वरुप रहने निर्माणधीन श्रीविश्वशान्ति गण्डकी कलशलाई पूर्णता दिनुका साथै सरकार र जनताको सम्बन्ध सुदृढ होस भन्ने महायज्ञको मूल उद्धेश्य रहेको उल्लेख गरेका छन् ।

Classic Tech Desktop

आगामी फागुन ९ गतेदेखि १३ गतेसम्म हुने अनन्तश्री ब्रहमाण्डीय महायज्ञको शुभअवसरमा १५ दिन सम्म हुने विभिन्न विधाका राष्टिय सम्मेलनमा उपस्थितिको लागि योग खेलकुद प्रर्वद्धन सम्मेलन कार्यक्रमका सहसंयोजक नबराज काफ्लेले सम्पुर्ण जनसमुदायमा आहवान समेत गरका छन् ।

प्रतिकृया