• १३ असोज २०८३, मंगलबार
  • १२ः५७ दिउँसो

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

प्रकाशित मिति

२०८० माघ १७ गते, बुधबार ११:२८

माघ १७, २०८० काठमाडौँ : नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १०० रुपैयाँले बढेको हो । महासंघका अनुसार बुधबार छापावाल सुन एक लाख १८ हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

National Life

मंगलबार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार चाँदी तोलामा तोलाको १४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी मंगलबार पनि साेहि मूलयमा कारोबार भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया