• १५ असोज २०८३, बिहीबार
  • १ः५५ राती

टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल र मुद्रण केन्द्रका विकल पक्राउ

प्रकाशित मिति

२०८० माघ ११ गते, बिहीबार १०:५१

माघ ११, २०८० काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई आज बुधबार नियन्त्रणमा लिएको छ।

National Life

पौडेलद्वयले गैर कानूनी सम्पत्ति आर्जन गरेको भनी परेको उजूरीका सम्बन्धमा अख्तियारबाट अनुसन्धान भइरहेको जनाइएको छ। दुवैजनाले नेपाल राष्ट्र बैङ्कको स्वीकृतिबेगर विदेशी बैङ्कमा खाता खोली रकम जम्मा गरेको, नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको भेटिएको अख्तियारको दाबी छ।

विकल पौडेलको हकमा निजले संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमतिसमेत लिएको देखिएको र उनीहरूले कसुरसम्बद्ध प्रमाण नष्ट गर्न सक्ने र भागी जाने सम्भावना भएकाले पक्राउ पूर्जी दिई हिरासतमा लिइएको अख्तियारले जनाएको छ। ‘अनुसन्धान कार्यमा बाधा पुग्ने देखिएकोले निजहरूलाई २०८० माघ १० मा नियमानुसारको जरुरी पक्राउ पूर्जी दिई हिरासतमा लिई थप अनुसन्धान भइरहेको छ’ अख्तियारले भनेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया