• १५ असोज २०८३, बिहीबार
  • ५ः२८ बिहान

महानगरद्धारा न्यूरोड आदि क्षेत्रमा पार्किङ निषेधको काठमाडौँ उद्योग वाणिज्य संघले जनायो विरोध

प्रकाशित मिति

२०८० माघ ११ गते, बिहीबार १०:४६

माघ ११, २०८० काठमाडौँ: काठमाडौँ महानगरपालिकाले मंगलबारदेखि न्यूरोड, असन, इन्द्रचोक लगायतका भित्री व्यावसायिक सडकमा पार्किङ निषेध गरेसँगै यसको काठमाडौँ उद्योग वाणिज्य संघले विरोध जनाएको छ ।

National Life

बुधबार एक विज्ञप्ति जारी गर्दै महासंघका अध्यक्ष दिनेश श्रेष्ठले महानगरपालिकाले सम्बन्धित सरोकारवालाहरुसँग कुनै परामर्श नै नगरी पार्किङ निषेध गरिएकोप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

मुख्य व्यावसायिक क्षेत्र धर्मपथ, जुद्धशालिकदेखि इन्द्रचोक तर्फको सडक खण्ड खिचापोखरी, प्युखा, महाबौद्ध पाको लगायतका नयाँ सडक ९न्यूरोड० का क्षेत्रमा सञ्चालित पार्किङ हटाउन गरिएको निर्णयले उक्त क्षेत्रमा रहेका विभिन्न वर्गका लाखौं व्यवसायी स्थानीय तथा सेवाग्राहीहरू अन्यायमा परेको संघको भनाइ छ ।

Classic Tech Mobile
Classic Tech Desktop

देशको आर्थिक क्रियाकलापको केन्द्र बिन्दुका रुपमा रहेको न्युरोड, इन्द्रचोक र त्यस वरिपरिका क्षेत्रहरुमा विकल्प र पूर्वाधार बिना र सरोकारवालाहरुसँग छलफल र विचार विमर्श नगरी एकतर्फी स्थानीय निकायले स्थानीय जनता, सरोकारवालाहरुमा प्रत्यक्ष प्रभाव पर्ने गरी स्थानीय निकायको शक्तिको आडमा जवरजस्ती पार्किङ निषेध गर्न खोजेको संघको भनाइ छ ।

सोही विज्ञप्तिमार्फत संघले अर्को वैकल्पिक व्यवस्था गरी सक्षम र सहज पूर्वाधार निर्माण नभएसम्मका लागी पार्किङ व्यवस्थालाई यथावत् संचालन गर्न समेत स्थानीय सरकारसँग माग गरेको छ ।

प्रतिकृया