• १४:०८ २०८० फाल्गुन ११ गते
  • 2:08 pm

निर्मलराज पौडेलेको ‘छम्म नाचौं, छप्प नाचौँ’ सार्वजिनक

प्रकाशित मिति

२०८० माघ ८ गते, सोमबार ०३:३२

chamma

माघ ८, २०८० काठमाडौँ: निर्मलराज पौडेलेको ‘छम्म नाचौं, छप्प नाचौँ’ सार्वजिनक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमका बीच गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक कार्यक्रममा बोल्दै कलाकार किरण केसीले गीत धेरै राम्रो रहेको र रात्री जीवनको नाचगानमा धेरै सुनिने र गुञ्जिने गीत रहेको बताउनु भयो । त्यस्तै कलाकार सरोज खनालले गीतमा काम गर्दा पुराना साथीहरु भेट्न पाउनु नै महत्वपूर्ण भएको बताउनु भयो । उहाँले गीतले सबै पुराना साथीहरुसँग भेट्ने अवसर जुराएको बताउनु भयो । त्यस्तै कलाकार राजाराम पौडेलले मनोरञ्जनका सबै कुरामा सन्देश खोजेर नहुने बताउनु भयो । मनोरञ्जनका कुराहरु रमाइलोका लागि बनाइएको हुने बताउनु भयो ।

गीतको भिडियोमा सरोज खनाल, धिरेन शाक्य, रमेश उप्रेती, विजय लामा, किरण केसी, राजाराम पौडेल, निर्मल शर्मा, रविन्द्र खड्का, गजित बिस्ट लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

प्रतिकृया