• 12:18 pm

नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

प्रकाशित मिति

२०८० माघ ८ गते, सोमबार १०:५२

माघ ८, २०८० काठमाडौँ: वीरगंज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट नियन्त्रित लागूऔषधसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत पुर्विचम्पारण मोतिहारी रक्सौल थाना-२ टमरिया टोल बस्ने २० वर्षीय कन्हैया गिरी र सोही ठाउँ बस्ने २० वर्षीय असलम आलम रहेका छन् ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारत रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा गिरीलाई फेनारगन २ सय एम्पुल, डाईजेपाम ३८ एम्पुल र नुर्फिन ७१ एम्पुल तथा आलमलाई डाईजोपाम १ सय ६० एम्पुल र नुर्फिन १ सय २९ एम्पुलसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया