मञ्जुश्री फाइनान्स र सोल्टी होटलको नगद लाभांश खातामा जम्मा
प्रकाशित मिति
२०८० माघ ८ गते, सोमबार १०:४६
माघ ८, २०८० काठमाडौँ: मञ्जुश्री फाइनान्स र सोल्टी होटल लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएका छन् । मञ्जुश्री फाइनान्सले पुस ८ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीको नगद लाभांश जम्मा गरेको हो । हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई तुरुन्त अद्यावधिक गर्न पनि आग्रह गरेको छ ।
फाइनान्सको पुस २५ गते सम्पन्न सभाले गत वर्षको नाफाबाट ५.२६ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सूचनायता, सोल्टीले पुस ४ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीको नगद लाभांश जम्मा गरेको हो ।
होटलले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई तुरुन्त अद्यावधिक गर्न पनि आग्रह गरेको छ । कम्पनीको पुस २६ गते सम्पन्न सभाले गत वर्षको नाफाबाट २६.५७ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही लाभांश कम्पनीले सेयरधनीलाई पाएक हो ।
प्रतिकृया