• १३ असोज २०८३, मंगलबार
  • १ः५२ दिउँसो

त्रिशूलीमा खस्याे भारतीय नम्बर प्लेटकाे जीप

प्रकाशित मिति

२०८० माघ २ गते, मंगलवार ०८:३९

माघ २, २०८० चितवन : त्रिशूली नदीमा भारतीय नम्बरप्लेटको जीप खसेको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका- ५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो ।

National Life

साेमबार बिहान पौने पाँच बजेको समयमा जीप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । जीप सडकबाट करिब ८५ मिटर तल खसेको हो।

त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारको गोताखोरको टोली परिचालन गरिएको छ । स्थानीयले जीप नदीमा खसेको खबर गरेपछि उक्त टोली घटनास्थलमा खटाइएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

केहीबेरअघि गोताखोरको टोलीले जीप पानीभित्र भेट्टाएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए। उक्त जीपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको उनले बताए ।

प्रतिकृया