नेपाली कांग्रेसद्धारा ‘मकर संक्रान्ति/माघे संक्रान्ति’ को शुभ–कामना
प्रकाशित मिति
२०८० माघ १ गते, सोमबार ०४:५६
पुस २९, २०८० काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफू र पार्टीको तर्फबाट ‘मकर संक्रान्ति/माघे संक्रान्ति’ को उपलइष्मा सबै नेपालीलाई शुभकामना दिएका छन् । जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “‘मकर संक्रान्तिरमाघे संक्रान्ति’ लाई नेपालका विभिन्न जातजातिहरुले विशेष पर्वका रुपमा मनाउँदै आएका छन् । नेपाल— प्राचीन कालदेखि विभिन्न जात, जातिहरुको बसोबासको संगम स्थल रहेकोले यहाँ विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाँडपर्वहरुको आफ्नो बेग्लै विशेषता छ र एकले अर्काको यी हरेक विषयलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ ।”
विज्ञप्तिमा अगाडि भनिएको छ, “भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै सामाजिक सद्भावना बढाउँदै सबै जातजाति, धर्म, वर्ग र पेशा अबलम्बन गर्ने नेपालीहरुका बीचमा सुमधुर सम्बन्ध कायम गर्न सघाएका छन । यी पर्वले नै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।”
मकर संक्रान्ति र माघे संक्रान्तिका अवसरमा यस दिनलाई विशेष पर्वका रुपमा मनाउनु हुने थारु समुदाय लगायत अन्य समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा नेपाली कांग्रेस र आफ्नो तर्फबाट सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।







प्रतिकृया