• १० असोज २०८३, शनिबार
  • २ः११ दिउँसो

पञ्चेश्वर परियोजना केही दिनमै ब्रेक थ्रु हुने: परराष्ट्रमन्त्री साउद

प्रकाशित मिति

२०८० पुष २७ गते, शुक्रबार ०१:३५

पुस २७, २०८० काठमाडौँ: परराष्ट्रमन्त्री एनपी साउदले पञ्चेश्वर परियोजना केही दिनमै ब्रेक थ्रु हुने बताउनुभएको छ । पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ ।

National Life

डडेलधुरामा शुक्रबार भएको पत्रकार सम्मेलनमा उहाँले पञ्चेश्वर परियोजना बन्नु सुदूरपश्चिमवासीका लागि मात्रै नभई सिंगो नेपालकै लागि फाइदाजनक रहेको भन्दै पञ्चेश्वर परियोजनाले यहाँको रोजगारीमा सहयोग पुर्याउने बताउनुभयो । उहाँले पञ्चेश्वर, पश्चिम सेती, अरुण तेस्रो र अपर कर्णाली विद्युत् परियोजन अगाडि बनाउन सकेमा रोजगारीका लागि विदेश जाने युवाहरूको संख्या घट्ने बताए ।

नेपाल–भारतबीच कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ता बाहेकका सीमामा धेरै सहमति भइसकेको उहाँको भनाइ थियो । मन्त्री साउदले सीमा विवाद समाधानका लागि दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको जानकारी दिँदै भन्नुभयो, “कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ताबाहेकमा धेरै सहमति भइसकेको छ । यसअघि भएको सीमा नक्सांकन र रेखांकनका बेला केही ठाउँ नेपाल पक्षको भारत र भारततिरको नेपालमा आएको छ ।” यसमा दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको रसहमतिका साथ यो काम अघि बढिरहेको उहाँको भनाइ थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल सरकार आफ्नो सीमा र देशको स्वामित्व रहने जमिनबारे पूर्णरूपमा सजग रहेको भन्दै मन्त्री साउदले सीमा समस्या वार्ता, छलफल र कूटनीतिक पहलबाट टुंग्याउने प्रयास भइरहेको जानकारी दिनुभयो ।

भारतका विदेशमन्त्री एस जयशंकरको हालैको भ्रमण सार्थक, महत्वपूर्ण र फलदायी भएको दाबी गर्दै उहाँले भन्नुभयो, “भारतलाई १० हजार मेगावाट विद्युत् बिक्री गर्ने, पञ्चेश्वर सुरु गर्ने, जाजरकोट भूकम्प पीडितलाई १० अर्ब बराबरको भारतीय अनुदान ल्याउने लगायतका हामीबीच सम्झौता भएका छन् ।”

मन्त्री साउदले रुस–रुक्रेनमा पुगेका युवाका १३३ परिवारले जोखिममा परेकालाई फिर्ता गर्न मन्त्रालयमा आग्रह गरेको जानकारी समेत दिनुभयो । उनीहरूलाई स्वदेश फिर्ताको प्रबन्ध मिलाउन पहल गरिरहेका उहाँको भनाइ थियो ।

प्रतिकृया