• २१ असोज २०८३, बुधबार
  • १०ः४० बिहान

अप्रेशन केक द्वारा अवैध लागु औषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने २ जना मानिस पक्राउ

प्रकाशित मिति

२०८० पुष २५ गते, बुधबार ०१:१२

पुस २५, २०८० काठमाडौँ: Insatgram मार्फत Sweetbakery_np नामक Account बनाई अवैध लागु औषध गाँजा प्रयोग गरी केक र कुकिज बनाई बिक्री वितरण गर्ने सोह्रखुट्टे बस्ने बर्ष २६ को मोहमद फाजिल र का.जि. दक्षिणकाली न.पा. ३ स्थायी ठेगाना घर भई हाल ललितपुर, ल.उ.म.न.पा. वडा नं. १३ बस्ने बर्ष २७ को शालोम सादा लेप्चा जैसीलाई का.म.न.पा. वडा नं. १७, सोह्रखुट्टेबाट पक्राउ गरिएको छ ।

National Life

विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीद्वारा उनीहरु पक्राउ परेका हुन् । निजहरु ललितपुर उपमहानगरपालिका स्थिति एकान्त कुनामा घर भाडा लिई बस्दै आएका थिए । प्रहरीले डेरा कोठा खान तलासी गर्दा गाँजा १ के.जी. १०० ग्राम, डाँठसहितको गाँजा १ के.जी. ५६८ ग्राम, विक्री गर्न तयारी अवस्थाको केक १ के.जी. ९०० ग्राम, माईक्रोओभन थान १, बिक्री गर्न तयारी अवस्थाको बटर ९०० ग्राम, बिक्री गर्न तयारी अवस्थाको कुकिज १ के.जी. ३२४ ग्राम र डिजिटल तराजु थान १, बेकिङ पाउडर, चक्लेटको फ्लेभर लगाएतका विभिन्न सामाग्रीहरु समेत बरामद गरिएको छ ।

पक्राउ गरिएका मोहमद फाजिल र सालोम सादा लेप्चा जैसीले जिल्ला ललितपुर, ल.उ.म.न.पा. वडा नं. १३ स्थित एकान्त कुनामा घर भाडामा लिई विगत १ वर्ष देखी गाँजा मिसावट गरिएका केक र कुकिजका विभिन्न प्रकारहरु बनाई Online delivery मार्फत आफ्नो अवैध कारोवार संचालन गरिरहेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop
  • Sweetbakery_np नामक पेजका Followers हरु ७८४ जना रहेको कुरा प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
  • निजहरुले आफ्नो अवैध कारोवारलाई गोप्य रुपमा संचालन गर्न Sweetbakery_np पेज बनाई Follow गर्ने विश्वासिला व्यक्तिहरुलाई Online मार्फत केकहरुको delivery गर्ने गरेको खुल्न आएको छ ।
  • निजहरुले मिति २०८०।०९।२२ गते यस व्यूरो द्वारा Press Release गरी सार्वजनिक गरिएका गाँजा मिसावट गरी अवैध रुपमा केकको विक्री वितरण गर्ने विशान मानन्धर पक्राउ परेको जानकारी पाए पश्चात निजहरुले पहिले कारोवार गर्दै आईरहेको custombakery_np नामक पेजलाई परिवर्तन गरी sweet bakery_np पेज बनाई कारोवार गरिरहेको कुरा अनुसन्धानको क्रममा खुल्न आएको छ ।

प्रतिकृया