• 5:33 pm

रामबहादुर बमजनको घरमा तीन करोड ३० लाख भेटियो, १५ वटा मोबाइल समेत बरामद

प्रकाशित मिति

२०८० पुष २५ गते, बुधबार ११:०५

पुस २५, २०८० काठमाडौँ: ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको घरबाट प्रहरीले ठुलो परिमाणमा नगद बरामद गरेको छ । बमजनको घरबाट प्रहरीले हालसम्म तीन करोड ३० लाख नेपाली रूपैयाँ भेटाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको घरमा छापामार्दा नेपाली रूपैयाँ मात्र होइन विदेशी मुद्रा पनि फेला परेको छ ।

‘बमजनको घरबाट बरामद नेपाली रूपैयाँ गनेर सकियो । तीन करोड ३० लाख ७५ हजार रहेछ । सबै हजार हजारको गड्डीहरू भेटिएको छ । अब बरामद भएको विदेशी पैसा गन्न बाँकी छ । डलरलगायत अरू पनि करेन्सी छन्,’ ब्युरो प्रमुख किरण ब्रजाचार्यले सुनाइन् । उनको साथबाट १५ वटा मोबाइल, तीन वटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको छ ।

सिआइबी प्रमुख ब्रजाचार्यका अनुसार बमजनले अहिलेसम्म धेरै कुरा बोलेका छैनन् । आजसम्म कहाँ लुकेर बसेको भन्ने प्रश्नको जवाफमा विभिन्न जंगलहरूमा, कहिले आफन्तको घरमा बस्दै आएको मात्र उनले बताएका छन् । प्रहरीले मंगलबार बुढानीलकण्ठको हात्तिगौँडास्थित बमजनकै घरबाट उनलाई पक्राउ गरेको थियो । प्रहरी पुगेपछि भाग्नलाई उनी बरण्डाबाट हाम फालेका थिए ।

प्रतिकृया