• 6:59 am

युनिग्लोब कलेजमा “नेपालमा व्यवसाय र राजनीतिक वातावरण” विषयक छलफल कार्यक्रम सम्पन्न (भिडियाे सहित)

प्रकाशित मिति

२०८० पुष २४ गते, मंगलवार ०५:३१

कर लिने भनेको मौरीले फुलबाट जसरी रस निकाल्छ, त्यसरी निकाल्ने हो जसले गर्दा रसबाट मह पनि बन्छ र परागसेचन पनि हुन्छ ।

सुभाष कुँवरपुस २४, २०८० काठमाडौँ: काठमाडौंको प्रतिष्ठित कलेज युनिग्लोब कलेजले सोमबार “नेपालमा व्यवसाय र राजनीतिक वातावरण” विषयक छलफल कार्यक्रम संचालन गरेको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथिहरुमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, नबिल बैंकको डेपुटी सीइओ मनोज ज्ञवाली, व्यवसायी तथा कलाकार संजोग कोइराला र सहजकर्ताको रुपमा कान्तिपुर पब्लिकेसनका यज्ञ बंजाडे थिए । कार्यक्रम यज्ञ बंजाडेले संचालन गरेका थिए भने कार्यक्रममा नेपालको अर्थतन्त्रको वर्तमान अवस्था देखि लिएर अहिलेका युवाहरु किन विदेश जान्छन् र के गर्दा उचित हुन्छ भन्ने कुरामा छलफल भएको थियो ।

सहजकर्ता यज्ञ बन्जाडेले सोधेको प्रश्न नेपालको अर्थतन्त्र राष्ट्र बैंकले ठीकै छ भनेको तर उद्योगी व्यवसायीले कर्जा लिने वातावरण नभएको, उद्योगी व्यवसायीहरुले धेरै लगानी रोकेको र बैंकरहरुले पनि लगानी गर्ने ठाउँ छैन भन्छन् । के साँच्चै मुलुक डिप्रेसनमा गएको हो भन्ने प्रश्नमा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले भने, “कार्यक्रममा आमन्त्रण गरेकोमा युनिग्लोब कलेजलाई धन्यवाद छ । सानो जमघटमा विभिन्न उमेर समूहका मानिसहरु जम्मा हुनुभएको छ । प्रश्नको उत्तर दिनुभन्दा म केही कुरा भन्न चाहन्छु । तपाई हाम्रो जस्तो युवा उमेर समूहको मानिसहरु नेपालमा ५६ प्रतिशत छ । नेपालले जनसंख्याको लाभ लिइरहेको छ । जस्तो कि यो आर्थिक वर्षको ४ महिनामा करिब ५ खर्ब रेमिट्यान्स आयो । गत वर्ष १२ खर्ब रेमिट्यान्स आयो । यो मुलुकको लागि एउटा सम्पत्ति हो । हामी एउटा वेल्थ मुलुकमा रहिआएका छौं । हामीसँग आशावादी हुने प्रशस्त बाटाहरु छन् । हामी चीन र भारत जस्ता ठूला इमर्जिग इकोनोमिकको बीचमा छौं जसको हामीले भरपूर फाइदा लिन सक्नुपर्दछ । चीन र भारतको गरी जनसंख्या करिब ३ अरब छ । संसारको जनसंख्याको लगभग ४० प्रतिशत भएको दुइवटा ठूला मुलुक जसको अर्थतन्त्रको वृद्धिदर राम्रो छ । भारतको प्रथम ६ महिनाको आर्थिक वृद्धिदर ७.८ प्रतिशत छ । सन् २०२३ मा नेपाल आएका १० लाख पर्यटक मध्ये अधिकांश भारतका छन् । यसले सिल्भर लाइन देखाइरहेको छ । प्रशस्त सम्भावनाहरु छन् । दुइवटा ठूला मुलुकहरुको अर्थशास्त्रमा स्पिल ओभर इफेक्ट भने जस्तै यी दुई मुलुकबाट हामीले फाइदा लिन सक्ने अवस्था छ । त्यो सम्भावनाबाट हामीले कति लाभ लिन सक्दछौं त्यो महत्वपूर्ण कुरा हो ।

सहजकर्ताले मानिसहरुसँग अहिले कन्फिडेन्स छैन, इन्भेस्टरको कन्फिडेन्स अप गर्नको लागि सरकार र केन्द्रिय बैंकको तादात्म्यतामा भएको नीतिगत व्यवस्थामा सुधारका संकेतहरु कति देख्नुहुन्छ भन्ने प्रश्नमा भट्टले भने, “आज भएका प्रयासहरु पूर्ण छैनन्, हामीले धेरै ठूलो प्रयास गर्नुपर्ने छ । हामीले ठूलाभन्दा ठूला लगानीहरु गरिएका परियोजनाहरुलाई चाँडो भन्दा चाँडो सक्नुपर्ने हुन्छ । परियोजनाको कार्यान्वयन जति अगाडि बढाउन सक्यौं जति चाँडो गर्न सक्यौं, त्यही मात्रामा अन्र्तराष्ट्रिय ऋण परिचालन गर्न सक्दछौं । अ्रन्तर्राष्ट्रिय ऋण सहयोग परिचालन गर्ने, ठूला परियोजनाको कार्यान्वयनलाई दु्रततर गतिले अगाडि बढाउने हो भने त्यसले आर्थिक क्रियाकलाप विस्तारमा मद्दत पु¥याउँछ । सरकारका विभिन्न निकायले यो विषयलाई निकै चासोको रुपमा हेरिराखेका छन् । नेपालको अर्थतन्त्रमा अहिले केही शिथिलता त देखिएको छ । आर्थिक गतिविधि अगाडि बढाउनुपर्दछ भन्नेमा कहिं पनि दुई मत छैन । यसको निमित्त सरकारले पूर्वाधार निर्माणका कार्यमा जोड दिनुपर्दछ ।”

मोडरेटर यज्ञको अहिलेको नेपालमा रियल स्टेट र स्टक मार्केटको अवस्था कस्तो छ र कसरी विश्लेषण गर्नुहन्छ भन्ने प्रश्नमा इन्टरप्रेनर संजोग कोइरालाले भने, “आफ्नो १० वर्षको यात्रामा वेल्थ जेनरेट गर्ने सेक्टर नेपालमा सीमित नै छन् । मैले सबैभन्दा बढी सम्पत्ति आर्जन गरेको देखेको ठाउँ शेयर मार्केट र रियल स्टेट नै हो । अहिलेको स्थितिमा २ वर्षदेखि घरजग्गाको कारोबार ठप्प भएको छ । शेयर मार्केटमा पनि धेरै किसिमको नियमनले बढी राखेको बजारमा ब्रेक लागेको हो । झरिसकेपछि उठ्न नसकेको हो । डेढ दुई वर्षदेखि मार्केट बढ्न सकेको छैन । अहिले नीतिगत नियामक निकायहरुले यसको फेबरमा केही काम गरिरहनु भएको छ । फेरि पहिलाको जस्तो अन मोडरेट तरिकाले खोल्यो भने फेरि यसको प्रभाव भविष्यको सन्ततिले भोग्नेछन् । हामी आशावादी हुनुपर्दछ र अगाडि बढ्नुपर्दछ । युवाहरुलाई आशावादी बनाउनुपर्दछ । युवाहरु विदेश गइरहेका छन् काम र पढाईको खोजीमा यसलाई कसरी लिनुहुन्छ भनेर प्रश्न गर्दा उनले भने, “म केही चीज समाजलाई पनि दोष दिन्छु । समाजले के ग-यो भने कोही मानिस विदेश जाँदा हामीले विदेश जाने कुरालाइृ आवश्यक भन्दा बढी ग्लोरिफाई ग-यौं कि उ आउँदा अलग्गै लेभलको आदर सत्कार ग-यौं । यहाँ बसेकालाई यहाँ बसेर के गर्छस भन्ने गरियो र बाहिर गएको व्यक्तिले कहिल्यै दुःख शेयर गर्नुभएन सुख मात्र शेयर गर्नुभयो ।”

राज्यले करहरु धेरै लगाउने गर्न थाल्यो यसलाई कसरी लिनुहुन्छ भन्ने प्रश्नको जवाफमा नबिल बैंकको डेपुटि सीइओ मनोज ज्ञवालीले भने, “राज्यका नियम कानुनहरु पारदर्शि हुनुपर्दछ । यस्तो प्रकारको कानुन हुनुपर्दछ जसले गर्दा अदालतमा जानु नपरोस् । राज्यले कर लिन पाउँछ तर करबाट १३ अरब उठाउँदा सरकारले कति अरबको सेन्टीमेन्ट नाश ग¥यो त्यो अनुभूति गर्ने क्षमता सरकारसँग छ कि छैन, त्यो मेरो प्रश्न हो । राज्यले कर लिन पाउँछ । मैले पनि मासिक ४ जना सचिव पाल्न सक्ने गरि कर तिर्छु । मैले ३९ प्रतिशत कर किन तिर्दछु भनेको छैन, राज्यले भनेको छ मैले तिर्दछु । तर राज्यले विभिन्न प्रकारले हतोत्साह गर्ने कुराहरु गर्नुभएन । जस्तो भाटभटेनीको साहुलाई थुन्ने देखि लिएर मारवाडीहरुलाई भगाउने जस्ता कुराहरु गर्नुभएन । यसले गर्दा मानिसमा कन्फिडेन्स सिर्जना भएन । कर राज्यले लिनुपर्दछ र नागरिकको दायित्व कर तिर्नु हो । कर तिर्ने ठूलो कुरा होइन तर कर कसरी लिइयो भन्ने कुरा मुख्य कुरा हो । राज्य यसमा अत्यन्त संवेदनशिल हुनुपर्दछ । मैले पहिला बजेट आउँदा पनि भनेको थिएँ, कर लिने भनेको मौरीले फुलबाट जसरी रस निकाल्छ, त्यसरी निकाल्ने हो जसले गर्दा रसबाट मह पनि बन्छ र परागसेचन पनि हुन्छ । ढकमक्क फूल फुल्दछ र अर्कोपटक झन बढी मह निकालन सकिन्छ ।”

प्रतिकृया