• २१ असोज २०८३, बुधबार
  • ८ः०३ बिहान

बारा र पर्सामा एकैदिन दुई सय जनाभन्दा बढी एकीकृत समाजवादीमा प्रवेश, माधव र किसानले गरे स्वागत

प्रकाशित मिति

२०८० पुष २४ गते, मंगलवार ११:२०

पुस २४, २०८० काठमाडौँ: बारा र पर्सामा एकैदिन विभिन्न पार्टी परित्याग गरी दुई सयभन्दा बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । सोमबार बाराको परवानीपुर गाउँपालिका कमिटी र वीरगञ्ज महानगरपालिकामा भएको बेग्लाबेग्लै पार्टी प्रवेश कार्यक्रममा दुई सयभन्दा बढी मानिसहरु विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

National Life

बारामा परवानीपुर गाउँपालिका कमिटि र पर्सामा वीरगञ्ज महानगर कमिटि र नेपाल रिटर्नी एशोसिएसन (समाजवादी) ले संयुक्त रुपमा पार्टी प्रवेश तथा संगठन बिस्तार कार्यक्रम आयोजना गरेका थिए । नवप्रवेशीलाई पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल र बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य एवम् पार्टीका केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले स्वागत गरेका थिए ।

पार्टी प्रवेश तथा संगठन बिस्तार कार्यक्रमलाई सम्बोधन गर्र्दै अध्यक्ष नेपालले नेपालको राजनीतिमा एकीकृत समाजवादी केन्द्रीय भूमिकामा रहेको बताए । साथै, मेची महाकाली अभियानबाट १० हजारभन्दा बढी मानिस पार्टी प्रवेश गरेको र अहिले पनि त्यसको निरन्तरता रहेको उनले बताए । ‘यसले जिल्ला जिल्लामा तरंग पैदा गरेको छ,’ उनले भने, ‘हाम्रो पार्टी गरिब, बेसाहराको साहरा, देशको विकास गर्ने, विकास गर्ने पार्टी हो ।’

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले मधेशको विकास एकीकृत समाजवादीले मात्र गर्ने त्यसको नेतृत्व माधव नेपाललेमात्र गर्न सक्ने बताए । साथै, त्यसमा आफ्नोसमेत साथ रहेको उनको भनाई थियो । ‘बारा जिल्लाको मात्र होइन, मधेशको समग्र विकास र उन्नति नेकपा एकीकृत समाजवादीले मात्र गर्न सक्छ र त्यसको नेतृत्व माधव कुमार नेपालले मात्र गर्न सक्नुहुन्छ । त्यसमा यो क्षेत्रको सांसदको हैसियतले मैले पनि साथ दिन्छु ,’ उनले भने ।

प्रतिकृया