• 4:03 pm

बोनस सेयर पारित गर्न घोराही सिमेन्टको कहिले बस्दैछ एजीएम ?

प्रकाशित मिति

२०८० पुष २४ गते, मंगलवार १०:२६

पुस २४, २०८० काठमाडौँ: घोराही सिमेन्टको लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते शनिबार वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, होटल पौवा दाङ, घोराही उप महानगरपालिका वडा नं १५ मा बिहान ९ बजे सुरु हुनेछ । सभाले हाल कामय चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

उक्त बोनस सेयर वितरण गर्दा हुन आउने खन्डित सेयरलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने विशेष प्रस्ताव पनि पारित गरिने एजेन्डा छ । साथै, सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गरिसकेको छ ।

प्रतिकृया